प्रधानमन्त्री ओलीलाई प्रचण्डको प्रश्न भारतले भनेर संसद भंग गरेको हो ?

२०७७ पुस २९ बुधवार
Newsdesk Shikharnews

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री के पी शर्मा ओलीले भारतले भनेर संसद भंग गरेका हुन् भन्दै प्रश्न गरेका हुन् ।

काठमाडौं जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै प्रचण्डलाई ओलीले नै भनेका थिए भारतले मलाई प्रधानमन्त्रीबाट हटाउन खोजेको र त्यसमा पार्टीका अन्य नेताहरु लागिपरेकोमा प्रचण्डले भने, ‘हामीले त्यतिबेला हटाएनौं । भारतले भन्दैमा हामीले हटाउने हो र भनेर हामीले हटाएनौं ।’

उनले भने, ‘अनि उहाँले अहिले पार्टी विभाजन र संसद भंग भारतले भनेर गरेको हो त ? तपाईं यसलाई के भन्नुहुन्छ केपीजी । मैले भारतलाई अन्यथा भन्न खोजको होइन, तर केपीजीको त देखियो नि त?