सिभिल लघुवित्तको शेयर कारोबार आजबाट फुकुवा

२०७७ माघ ५ सोमवार
Newsdesk Shikharnews

सिभिल लघुवित्तको रोक्का रहेको शेयर कारोबार आजबाट फुकुवा भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले पुस २८ गते रोक्का गरेको कारोबार माघ ५ गते खुला गरेको हो ।

कम्पनीले २८ गते लाभांश सार्वजनिक गरेको थियो । प्राविधिक समस्याका कारण सुचना अपलोड गर्न ढिला भएको कम्पनीले नेप्सेलाई स्पष्टिकरण दिएको छ । आगामी दिनमा समयमा नै सुचना गराउने प्रतिवद्धता व्यक्त गरेकाले नेप्सेले कारोबार सुचारु गराएको जानकारी दिएको छ ।

कम्पनीले ३.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.१८ प्रतिशत गरेर कुल ३.६८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । २३ करोड ३९ लाख ३३ हजार ७ सय रुपैयाँ कम्पनीको चुक्तापुँजी रहेको छ । कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि र राष्ट्र बैंकले स्वीकृति दिएपछि मात्र लाभांश वितरण गर्ने जनाएको छ ।