आज ३०२ संक्रमित थप, ४८० जना डिस्चार्ज

२०७७ माघ ९ शुक्रवार
Newsdesk Shikharnews

नेपालमा कोरोना भाइरसका आज ३ सय २ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ६८ हजार ९ सय ४८ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ४८० जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ६३ हजार ३ सय ४८ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।