ज्योति लाइफले ६६ लाख कित्ता आईपीओ निष्कासन गर्ने

२०७७ फागुन १४ शुक्रवार
Newsdesk Shikharnews

ज्योति लाइफले ६६ लाख कित्ता आईपीओ निष्कासन गर्नेज्योति लाइफ इन्स्योरेन्सले ६६ लाख कित्ता आईपीओ फागुन २३ गते निष्कासन गर्ने भएको छ । इन्स्योरेन्सले ६६ करोड रुपैयाँको ६६ लाख आईपीओ निष्कासन गर्ने जनाएको छ ।

कम्पनीको अनुसार निष्कासन गर्न लागेको जम्मा ६६ लाख कित्ता आईपीओमध्ये ५ प्रतिशत वा ३ लाख ३३ हजार कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत कित्ता सामुहिक लगानी कोषहरुमा सुरक्षित गर्ने भएको छ । बाकी रहेको ५९ लाख ४० हजार कित्ता शेयरका लागि सर्वसाधारणले आवदेन सदन सक्नेछन् ।

आईपीओ निष्कासन तथा बिक्रि प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको अनुसार कम्पनीको उक्त साधारण शेयर (आईपीओ)मा फागुन २३ गतेबाट छिटोमा २८ गते सम्म र ढिलोमा चैत्र ८ गतेसम्म आवेदन दिन सक्ने सक्नेछन् ।