ताइवानमा रेल दुर्घटना, ३६ जनाको मृत्यु

२०७७ चैत २० शुक्रवार
Newsdesk Shikharnews

पूर्वी ताइवानमा भएको यात्रुवाहक रेल दुर्घटना हुँदा ३६ जनाको ज्यान गएको छ। आज बिहान भएको उक्त दुर्घटनामा कैयौं घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ।

३५० भन्दा बढी यात्रु रहेको रेल ताइपेइ क्षेत्रबाट ताइतुङ क्षेत्रतिर लागेको थियो। सुरुङमार्गमा गुडिरहेका बेला रेल लिकबाट उछुट्टिएर लिक बाहिर जाँदा दुर्घटना भएको जनाईएको छ । घटनामा घाइते भएका २० जनालाई अस्पताल पठाइएको त्यहाँस्थित सेन्ट्रल न्युज एजेन्सीले जनाएको छ।