आज निफ्रासहित यी १० कम्पनीको कारोबार उच्च

२०७७ चैत २२ आइतवार
Newsdesk Shikharnews

साताको कारोबारको पहिलो दिन आज २१२ कम्पनीको ८७ हजार ४५३ पटक कारोबार भएर ८ अर्ब ७७ करोड ७४ लाख ४३ हजार ६९० रुपैयाँ बराबरको १ करोड ७३ लाख ७ हजार ३२८ प्रतिकित्ता शेयर खरिद विक्रि भएको नेप्सेले जनाएको छ ।

आज सबैभन्दा धेरै नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को कारोबार भएको छ । बैंकको ४६ करोड ८१ लाख भन्दा धेरैको कारोबार भएको हो । बैंकको आज ५ सय ८१ रुपैयाँ प्रतिशेयर मुल्य कायम भएको नेप्सेले जनाएको छ ।

त्यसैगरी, अपर तामाकोशीको २८ करोड १० लाख भन्दा धेरैको कारोबार भएको छ । आज कम्पनीको ८ सय ६२ रुपैयाँ प्रतिशेयर मुल्य कायम भएको छ । नेप्सेको अनुसार नविल बैंकको २३ करोड ९३ हजार भन्दा बढीको कारोबार भएको छ । नेप्सेको अनुसार बैंकको १३ सय १६ रुपैयाँ प्रतिशेयर मुल्य कायम भएको छ ।