माधव नेपाल समूहलाई पदमुक्त गर्लान् त ओलीले ?

२०७८ वैशाख २० सोमवार
Newsdesk Shikharnews

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिने निर्णय लिएपछि देशको राजनीतिले फेरि नयाँ मोड लिएको छ । अविश्वासको प्रस्ताव आउने सम्भावनाको ढोका बन्द भएको छ । योसँगै अविश्वासको प्रस्ताव आउँदा नेकपा एमालेबाट फ्लोर क्रस हुनसक्ने सम्भावना पनि टरेको छ ।

अब एमालेको ओलीविरोधी समूहले कस्तो कदम चाल्ने हो र ओलीले उक्त समूहप्रति कस्तो व्यवहार देखाउने हुन् चासोको विषय बनेको छ । ओलीलाई कुनै हालतमा प्रधानमन्त्रीबाट हटाउन सक्रिय माधव नेपाल र उनको समूहले विश्वासको मतकै पक्षमा मतदान गर्ने सम्भावना देखिएको छ । तर, ओलीले बहुमत हासिल गर्न नसक्ने अवस्थामा मात्र त्यो सम्भावना देखिएको हो ।

ओलीले जनता समाजवादी पार्टीको समर्थन पाउने भएमा एमालेभित्रबाट विश्वासको मतको पक्षमा मतदान गर्ने ह्वीप उल्लंघनको सम्भावना छ । विश्वासको मतको पक्षमा बहुमत नहुने निश्चित भएमा भने एमालेबाट ह्वीप उल्लंघन हुनसक्छ