माधव नेपाल समूहका २१ सदस्यले राजीनामा दिने, अध्यक्ष ओलीलाई गराइयो जानकारी

२०७८ वैशाख २१ मंगलवार
Newsdesk Shikharnews

नेकपा एमालेका माधव नेपाल समूहका २१ सांसदले राजीनामा दिन लागेको जानकारी प्रधानमन्त्री केपी शर्मा ओलीलाई गराएको छ । उक्त समूहले राजीनामाको गर्न लागेको जानकारी गराएको प्रधानमन्त्रीनिकट स्रोतले पुष्टि गरेको छ ।

बालुवाटार स्रोतले भन्यो,‘हामीलाई राजीनामा दिन लागेको जानकारी आएको छ । तर यो उहाँहरुको घुर्की मात्र हो ।’ राजीनामा दिनलागेका सांसदहरु सबै माधव नेपाल र झलनाथ खनालसँग निकट हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले २७ वैशाखमा विश्वासको मत लिन लाग्दा नेकपा एमालेभित्र नयाँ घटना विकास हुन लागेको हो । प्रतिनिधि सभामा सबैभन्दा ठूलो दल एमालेको हाल १२१ प्रतिनिधि सभा सदस्य संख्या छन् । नेपाल समूहका २१ प्रत्यक्ष निर्वाचितले राजीनामा दिएमा १०० मात्र बाँकी रहन्छ । त्यस्तो अवस्थामा ओलीको विश्वासको मत गुम्ने निश्चित प्रायः हुन्छ ।