माधव प्रचण्डको भेटमा के कुरा भयो ?

२०७८ भदौ १७ बिहीवार
Newsdesk Shikharnews

नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । मन्त्रिपरिषद् विस्तारलाई लिएर दुई नेताबीच छलफल भएको हो । यसअघि दाहालले प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका थिए ।

पछिल्लो समय मन्त्रिपरिषद् विस्तारलाई लिएर सत्तापक्षीय गठबन्धनका नेताहरुबीच सरकारलाई पूर्णता दिने विषयमा निरन्तर सम्वाद भैरहेको छ । अध्यक्ष दाहाल र नेपालबीच भने सिंहदरबारस्थित् संसद् सचिवालय भवनमा छलफल भैरहेको छ । प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० सँग सम्बन्ध सुधार गरेपछि दाहाल र नेपाल सशंकित बनेका छन् ।