अमेरिकाकोभर्जिनियामा इनास र न्याकको संयुक्त आयोजनामा बृहत दशै तिहार मेला २०२१

२०७८ कात्तिक ५ शुक्रवार
Roshan Puri

एलिसा अधिकारी ।

RnR Groups -US

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) भर्जिनिया र नेपाली अमेरिकन सामुदायिक केन्द्रले (न्याक) संयुक्त रुपमा आउदो अक्टोबर 23 सनिवारको दिन मनासस शहरको रोज गोल्ड इभेन्ट्स सेन्टरमा बृहत कार्यक्रमको आयोजना गर्दैछ ।

डिसी महानगर क्षेत्रको भर्जिनियामा हुने बृहत दशैँ तिहार मेला २०२१ मा भ्वाइस अफ नेपाल ३ का बिजेता किरण गजमेर आउने भएका छन् । गायक गजमेरलाई स्वागत गर्न  डिसि महानगरबासि निकै उत्साहित देखिएका छन  ।  नेपालमा भएको भ्वास अफ नेपाल ३ प्रतियोगितामा सामाजिक संजाल मार्फत मात्र उनका गीत सुनेका उन्को प्रत्यक्ष प्रस्तुति देख्न पाउने कुरामा हर्सित  भएका छन् ।

मेलामा चर्चित  वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठलाई सम्मान समेत गरिने भएको छ । वरिष्ठ कलाकार श्रेष्ठले उहाले यस क्षेत्रमा पुर्याउनु भएको योगदानको उच्च कदर गर्ने सम्मान गरिन लागेको हो । श्रेष्ठको उपस्थितिले कार्यक्रमलाई बेग्लै उचाइ प्राप्त हुनेनैछ  छ । बरिस्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको  छोरी गायिका तथा निर्देशक सराना श्रेष्ठ र कार्यक्रममा चर्चित कलाकार बाबु बोगटी को पनि प्रस्तुति त्यस कार्यक्रमको विशेष रहनेछ ।


कार्यक्रममा ख्याती प्राप्त राष्ट्रिय कलाकारहरुको साथमा स्थानिय प्रतिभाहरुको समेत प्रस्तुति हुनेछ । साथै उक्त कार्यक्रममा नेपाली खानाका प्रदर्शनी कक्ष ,किनमेलका प्रदर्शन कक्ष लगायत बिभिन्न जानकारी मूलक प्रदर्शनी कक्षहरु समेत रहने छन् ।

कार्यक्रममा चर्चित कलाकारहरु बाबु बोगटी ,अन्जना गुरुङ,आभा मुकारुंग ,चर्चित हास्य कलाकार गोपाल फिस्टे, लोक दोहोरी चर्चित गायक गायिका लक्ष्मण पौडेल ,कल्पना देवकोटा ,रमेश परियार ,त्यस्तै चर्चित गायक बिन्ती कुमार गुरुङ ,रिता श्रेष्ठ ,राहुल केसी तथा अर्जुन घिमिरेको प्रस्तुति रहने छ।
अमेरिकाको निजि भ्रमणमा आउनु भएका श्रेष्ठ यतै डिसी महानगर क्षेत्रमा बसोबास गर्नु हुने भएकोले अक्टोबर २३ तारिखका दिनमा गरिन लागेको कार्यक्रम “बृहत दशैं तिहार मेला”२०२१ मा उहाले पुर्याउनु भएको योगदानको उच्च कदर गर्ने सम्मान गरिने भएको छ।