भारतमा ओमिक्रन कोरोना भाइरस भेटिएपछि नेपालमा कडाई

२०७८ मंसिर १७ शुक्रवार
Shikhar News Admin

काठमाडौं। भारतमा कोरोना भाइरसको नयाँ प्रजाति ओमिक्रन भेटिएको छ । कर्नाटक राज्यमा दुई संक्रमितमा यो प्रजातिको भाइरस भेटिएको छ। ६६ र ४६ वर्षका दुई पुरुषमा भाइरस भेटिएको हो । २४ नोभेम्बरमा दक्षिण अफ्रिकामा फेला परेको ओमिक्रन कोरोना भाइरस यूरोपमा फैलिइसकेको छ ।
भारतमा ओमिक्रन देखापरेपछि सरकारले सतर्कता अपनाएको छ । सरकारले ओमिक्रन भाइरस भेटिएका हङकङ, दक्षिण अफ्रिका, नेदरल्यान्डसहितका नागरिकलाई नेपाल आउन रोक लगाएको छ ।
यसैगरी, ओमिक्रन तिव्र गतिमा फैलने गरेको तथ्य फेला परेको छ । दक्षिण अफ्रिकामा बितेको २४ घन्टामा संक्रमितको संख्या दोब्बर भएको छ ।[image: 121919057_omicron.jpg]