अर्थमन्त्री जनार्दन शर्माले गरे चर्च शिलान्यास

२०७८ चैत ८ मंगलवार
Newsdesk Shikharnews

गृहजिल्ला रुकुम पश्चिम पुगेर अर्थमन्त्री जनार्दन शर्माले मुसिकोटस्थित एउटा चर्च भवनको शिलान्यास गरेका छन् । सोमवार बिहान मन्त्री शर्माले मुसिकोट नगरपालिकाको वडा नम्बर १ मूलखोलामा ‘मुसिकोट एजी चर्च’ भवनको शिलान्यास गरेका हुन् ।

नेपाल ख्रिष्टियन समाजका केन्द्रीय सचिव तथा मुसिकोट एजी चर्चका संस्थापक मुकुन्द शर्माले कर्णाली प्रदेश सरकारको सहयोगमा भवन निर्माण शुरु गरिएको जानकारी दिए । हाललाई प्रदेश सरकारले ३० लाख रुपैयाँ उक्त भवन निर्माणका लागि विनियोजन गरेको मन्त्री शर्माले बताए ।

निर्माण शुरु गरिएको चर्च भवनको लागत अनुमान तीन करोड रुपैयाँ रहेको छ । बाँकी बजेटको निम्ति अर्थमन्त्री शर्माले अन्य मन्त्रालयमा पहल गरिदिने वचन दिएको शर्माले जानकारी दिए । चर्चका संस्थापक शर्माले आवश्यक बजेट व्यवस्थापनको लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आफूले पनि अनुरोध गरिरहेको जनाए ।

मुसिकोट नगरपालिकामार्फत् कार्यान्वयन हुने उक्त भवन निर्माणको जिम्मा उपभोक्ता समितिलाई दिइएको छ । निर्माण समितिका अध्यक्ष भीमबहादुर बोहोराले मंगलबारदेखि भवन निर्माणको काम तीब्र गतिमा भएको उल्लेख गरे । यस पटकको बजेटबाट भवनको निम्ति टाईबिम र पिलरहरु बैशाख मसान्तभित्र निर्माण हुनेछ । थप बजेट व्यवस्थापन भएको अवस्थामा अन्य काम थालिने उहाँले जानकारी दिए ।

चर्च भवन तीनतले हुने छ । माओवादीमाथि जनयुध्दताका खोजीखोजी मन्दिर तोडफोड गरेको आरोप छ । जनआस्थाबाट