मध्यपूर्व भोट बैंक मात्र होइनः एनआरएनए अध्यक्ष प्रत्यासी आरके शर्मा
२०८० असोज १३ शनिवार
बैशाख ३० गते स्थानीय तहको सम्पन्न भएको स्थानीय निर्वाचनमा जुन उत्साह र उमङ्गका साथ हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) उत्रिएको थियो । निर्वाचनको प्रारम्भिक मतपरिणाम मात्र सार्वजनिक हुँदै गर्दा मनमा खिन्नता र उदासीनता छाएको छ । गत निर्वाचनमा पहिलो बनेको पार्टी स्थानीय तहको निर्वाचनको नतिजा पश्चात दोस्रोमा खुम्चिनु पर्दा अझ महानगर र उप (महानगर बिहिन बन्नु पर्ने अवस्था सृजना बन्दै गर्दा झन् निराशा बनेका छन् । आस्थावान कार्यकर्ता विशेष त नेकपा एमालेप्रति आस्था राख्ने युवा पुस्ता । पार्टी अध्यक्ष केपी शर्मा ओलीको त्यो चुलिदो चर्चाका कारण सडकमै ‘केपी ओली आई लभ यु’ भन्ने त्यो जमातको भरोसा माथी यो स्थानीय निर्वाचनले ठूलो दखल पारिदिएको छ । हुन त पार्टी भन्दा व्यक्ति माथी पारेर म कहिले पनि हेर्दिन र हामीले त्यसो गर्न हुन्न पनि तर हामीले नकार्न नहुने कुरा के हो भने नेकपा एमालेले प्राप्त गरेको अधिकांश भोटको करिब आधा मत भनेको केपी ओलीको क्रेज नै हो । ताजा परिणाम अनुसार एमालेले सबैभन्दा बढी जनमत प्राप्त गरेको छ । यो पनि एउटा उपलब्धि नै हो भन्ने ठान्दछु तर नेकपा एमालेको स्थानीय तहमा पराजयको मूल कारण भनेको स्थानीय तहका नेता कार्यकर्तामा छाएको असन्तुष्टि पनि हो । स्थानीय निकायको निर्वाचनमा स्थानीयको भावना कदर गर्नु भन्दा पनि कसले कति पाउ मोल्न सक्छ भन्नेका आधारमा टिकट दिईएका कारणले गर्दा पनि हाम्रो पार्टीले यो नतिजा बेहोर्नु पर्ने हो । हामीले यो स्वीकार्नु पर्छ, आफ्नो थलो भन्दा बाहिर बसेर राजनीति गर्नेहरुले स्थानीय मर्म र भावना कदर गर्न सक्दैनन्, त्यस्ता व्यक्तिलाई ल्याएर टिकट दिनु पनि पराजयको अर्को कारण हो । अन्तरघातबाट निकै नै टाढा रहेको पार्टीमा उम्मेदवार छनौटमा केन्द्रीय तहबाट गरिएको हस्तक्षेपले गरेर स्थानीय नेता कार्यकर्तामा बिचलन छाएको प्रष्ट छ । स्थानीयको भावना विपरीतको उम्मेदवार र त्यो असन्तुष्टिको कारणले गर्दा यसपटक चरम अन्तरघात नेकपा एमाले भित्र पनि रहेको पाईएको छ । नेता पिच्छेका उम्मेदवार निकाल्नु र पार्टीले निर्वाचनमा भूमिका दिएका व्यक्तिहरु बीच मै समन्वय हुन नसक्नुले पनि पार्टीले यो पटक यस्तो नतिजा पाउनु हो । यी सबै कुरालाई अहिले थाती राखौं, हुने कुरा भईसक्यो अब यस पराजयलाई एउटा शिक्षाको रुपमा मनन गर्दै आउँदो प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा सबै सुधार गर्दै सबै पक्षलाई एकतावद्ध बनाए मात्र नेकपा एमाले पहिलो पार्टी बन्ने छ । लेलिनवादी सिद्धान्तलाई अंगाल्ने एमालेले आगामी दिनमा संगठनात्मक संरचनालाई व्यवस्थित र प्रभावकारी ढंगले परिचालन गर्दै आम जनताको माग, चाहना र आवश्यकतालाई ध्यान दिनुपर्छ । आवश्यकता, योग्यता, क्षमता तथा दक्षतालाई उच्च सम्मान गर्नुपर्छ । सोही अनुसारको उचित जिम्मेवारी दिनुपर्छ । जसले गर्दा पार्टीभित्र बौद्धिकताको विकास होस्, सिद्धान्तको रक्षा गरोस् । एमाले व्यक्तिवादी हैन, पार्टी र सिद्धान्तवादी बनोस् । विगतको अनुभवलाई पाठ वा सिकाईको रुपमा लिई आगामी दिनको लक्ष्य तयार गरोस्, जसले गर्दा राजनीतिले नयाँ पुस्तालाई खोज्ने हैन, नयाँ पुस्ताले राजनीति खोज्दै आउनु । त्यसको नेतृत्व एमालेले गर्नुपर्छ । जसबाट स्वदेशी तथा विदेशी युवाहरुको प्रेरणाको स्रोत एमाले बनोस्, अनुसन्धान तथा नयाँ नयाँ सिद्धान्त प्रतिपादनको लागि खोज गर्ने केन्द्रको रुपमा विकास होस् । एमालेको मुलुकप्रतिको मिसन र भिजन आलोचनात्मक भन्दा पनि रचनात्मक बनोस् । नेपाली राजनीतिको मूख्य राजनीतिक केन्द्र एमाले बनोस्, आम जनताले आगामी निर्वाचनमा मुलुक नै एमालेको लालकिल्ला बनाउने वातावरण बनोस् । यसको लागि आम युवा, विद्यार्थी तथा बौद्धिक वर्गले विशेष भूमिका निर्वाह गरेको खण्डमा मुलुक परिवर्तन गर्न सम्भव छ हाम्रै पालामा, एमालेकै नेतृत्वमा ।