संसदीय समितिको बैठकमा प्रधानमन्त्री अनुपस्थित भएपछि भीम रावलले भने–खेद प्रस्ताव पारित गरौं

२०७९ असार ५ आइतवार
Newsdesk Shikharnews

काठमाडौं। प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा अनुपस्थित भएपछि नेकपा एमालेका सांसद भीम रावलले खेद प्रस्ताव पारित गर्न प्रस्ताव गरेका छन् ।

अमेरिकन सहयोग स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) का बारेमा जानकारी लिन बोलाइएका प्रधानमन्त्री देउवाले अन्तिम समयमा अनुपस्थित हुने जानकारी दिएपछि रावलले सो प्रस्ताव गरेका हुन् ।

‘हिजो लोकतन्त्र खतरामा पर्‍यो भनेर प्रधानमन्त्री बन्नु भएको हो, खै त (बैठकमा अनुपस्थित) लोकतन्त्रको रक्षा गरेको रु उहाँलाई प्रधानमन्त्री बनाउन मैले हस्ताक्षर गरेको इतिहासले समीक्षा गर्ला,’ रावलको आक्रोश थियो, ‘उहाँ अनुपस्थित हुनु भनेको हिजोको गतल कार्यको निरन्तरता भएन र रु उहाँ अनुपस्थित भएर सांसदहरूको अपमान भएको छ, त्यसैले यो खेदजनक छ, बैठकले अब खेद प्रस्ताव पारित गरौँ ।’