पानीको भाडामा डुबेर सोलुखुम्बुमा एक बालिकाको मृत्यु

२०७९ भदौ ६ सोमवार
Kamal P
Spread the love

सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिके गाउँपालिका-३ चौलाखर्कमा पानीको भाँडोमा डुबेर एक बालिकाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा लोक बहादुर भुजेलकी तीन वर्षीया छोरी सौगात रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

आइतबार साँझ घरमा कोही नभएको समयमा आँगनमा राखिएको पानीको भाँडोमा डुबेर बालिकाको ज्यान गएको प्रहरीको भनाइ छ ।