प्रवासमा बसेर नेपाली संस्कृतिको पहिचान बनाउदै सुजाता काफ्ले, प्रवासमै बन्यो तीज गीतको भिडियो

२०७९ भदौ ६ सोमवार
Kamal P

हिन्दु नारीहरुको तीज नजिकिदै गर्दा तीज विशेष कार्यक्रमहरुले महिलाहरु भ्याइनभ्याइ देखिन्छन । पछिल्लो समयमा तीज आउन एक महिना बाँकी हुदै गर्दा तीज विशेष कार्यक्रमहरु आयोजना हुने गरेका छन । यस्ता कार्यक्रमहरु विशेष गरी नेपालमा हुने गरेका छन । यि र यस्तै कार्यक्रमलाई लक्षित गरेर तीज विशेष गीतहरु ल्याउने होडबाजी नै चलेको छ ।
नेपालमा तीज गीतहरु दैनिक रुपमा नयाँ नयाँ गीतहरु आउने क्रम जारी छ । सोही सिलसिलामा सुजाता काफ्ले र प्रकाश कटवालको आवाजमा ‘म त हजुर नेपाली’ बोलको गीत सार्वजनिक भएको छ । यो विशेष गरी प्रवासमा नै छायाँकन गरिएको गीतकी गायिका सुजाता काफ्लेले बताइन । बेलायतमा रहेकी काफ्लेले यो गीतको छायाँकन बेलायतमा नै गरेको बताएकी छन ।

प्रवासमा गीतको छायाँकन गर्न निकै गाह्रो हुने गायिका बताउछिन । गायिकाका अनुसार प्रवासमा आवश्यक जनशक्ति जुटाउन निकै गाह्रो हुने अनुभव बताउछिन । गीतमा विनोद ढकालको शब्द प्रकाश कटवालको संगीत रहेको छ ।

गीतको भिडियोलाई सर गुरुङ रानाले कोरियोग्राफी तथा निर्देशन गरेकी हुन । गीतको भिडियोमा खडगबहादुर पुन, निर आलेमगर, प्रतिक्षा त्रिपाठी, रितु पुनलाई फिचरिङ गरिएको छ ।