मध्यपूर्व भोट बैंक मात्र होइनः एनआरएनए अध्यक्ष प्रत्यासी आरके शर्मा
२०८० असोज १३ शनिवार
झापा । झापामा एक जना १७ वर्षीया किशोरी बलात्कृत भएकी छन् । ती किशोरीलाई बलात्कार गरेको अभियोगमा बुद्धशान्ति गाउँपालिका–१ बस्ने ३२ वर्षीय उज्जल खुलाललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
उज्ज्वलले ती बालिकालाई २०७८ माघ १० गते राती बुद्धशान्ति गाउँपालिका–१ पुलचोकस्थित होटल र पुनः इलाम हर्कटेस्थित होटलमा लगि बलात्कार गरेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।