नेपालमै खुल्यो टिभी कारखाना, सामसुङले गर्यो सम्झौता

२०७९ भदौ ८ बुधवार
Kamal P

काठमाडौ । हामीले मनोरन्जन तथा समाचार हेर्ने टेलिभिजन अब नेपाल मै बन्ने भएको छ । यसका लागि नवलपरासीका कारखानाको स्थापना समेत भइसकेको छ । बुधबार नवलपरासीमा कारखानाको शिलान्यास कार्य सम्पन्न गरिएको छ ।

सामसङले नेपालमा विगत धेरै वर्षदेखिको साझेदार हिम इलेक्ट्रोनिक्ससंगको सहकार्यमा उक्त कारखाना स्थापना गरिएको हो र
कम्पनीका अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडु, र सामसङ इलेक्ट्रोनिक्सका ग्लोबल अध्यक्ष तथा सीएफओ एचके पार्कको गरिमामय उपस्थिति रहेको थियो । यसैगरी लुम्बिनी प्रदेशकामा। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अजय शाही, गोल्छा समुहका अध्यक्ष र प्रबन्ध निर्देशक शेखर गोल्छा, सामसङ्ग दक्षिण पश्चिम एशियाका क्षेत्रीय अध्यक्ष एवं सिइओ केन काङ, मित्रराष्ट्र दक्षिण कोरीयाका महामहीम राजदूत पार्क चोँग सुक, रामग्राम नगरपालिकाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल उपस्थिति थियो ।

यो कारखानाले नेपालको उत्पादन यात्रामा एक महत्वपूर्ण अध्यायको शुरुवात गर्नेछ र स्थानीय उद्यम, नवीन सीप र दक्षता, आविष्कारहरु तथा रोजगारीका साथ देशमा इलेक्ट्रोनिक्सको क्षेत्रलाई रुपान्तरण गर्ने सम्भावनाहरु व्यापक बनाएको छ । यसले प्रभावकारिता र उत्पादकत्व वृद्धि गर्न, थप रोजगारीका अवसरहरु सिर्जना गर्न र देशमा एक बलियो इलेक्ट्रोनिक्स उत्पादन गर्ने वातावरण बनाउन मद्दत पुग्नेछ ।

कारखानाले सन् २०२३ देखि उत्पादन शुरु गर्ने लक्ष्य लिएको छ ।

नेपालमा सन् १९९७ देखि सामसङले प्रवेश पाएको हो र आज देशमा यो ब्राण्ड घरेलु नाम बनिसकेको छ । हाल यसले आफ्नो साझेदार मार्फत् नेपालमा उपभोक्तामुखी इलेक्ट्रोनिक्स उत्पादनहरु टेलिभिजन, रेफ्रिजेरेटर, वासिङ्ग मेसिन, माइक्रोवेव र स्मार्ट फोनहरु बिक्री वितरण गर्दै आइरहेको छ । नेपालमा ५०० भन्दा बढी इलेक्ट्रोनिक्स रिटेल स्टोरहरु र ग्राहक सेवा केन्द्रहरुको बलियो सञ्जालमार्फत् सामसङले सेवा प्रदान गर्दै आइरहेको छ।