उत्पादनमुखी योजना बनाउन मुख्यमन्त्री कार्कीको निर्देशन
२०७९ चैत ६ सोमवार
युएईमा नेपाल इभ टुरिजम टुर २०२२ कार्यक्रम सम्पन्न भएको छ । ब्लु चिप ग्रुप अफ कम्पनी र ड्रिम हाई नेपालको संयुक्त आयोजनामा अगस्ट २१ आइतबार दुबईको वर्ल्ड ट्रेड सेन्टर स्थित शेख रसिद हलमा कार्यक्रम सम्पन्न भएको हो । नेपालको पर्यटन विकासमा टेवा दिन युएईमा रहेका एक नेपालीले कम्तीमा दुईजना पर्यटक नेपाल पठाउन प्रेरित गर्ने कार्यक्रमको मुख्य उद्देश्यसहित आयोजित उक्त कार्यक्रममा युएईमा रहेका हजारौँ नेपालीको उपस्थिति रहेको थियो ।
कार्यक्रममा महानायक राजेश हमाल, गायिका सुनिता दुलाल, स्मृति दाहाल, स्वस्तिमा खड्का, कमेडियन सन्दीप क्षेत्री, खेम सेञ्चुरी, टेरिया फौजा मगर, अञ्जली अधिकारी, शिव परियार, केकी अधिकारीलगायतका कलाकारको प्रस्तुति रहेको थियो । कार्यक्रममा नेपाली पञ्चे बाजा, नेपाली कला र संस्कृति प्रस्तुत गरिएको थियो ।
दुबई राजपरिवारका सदस्य सेख बुति बिन अब्दुल हकिम अल मक्तुमको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा ड्रिम हाई नेपालकी पुनम यादव, व्यवसायी दुर्गा प्रसाईं, पत्रकार ॠषि धमला, एभिन्युज नेटवर्कका अध्यक्ष भास्करराज राजकर्णिकारलगायतले आफ्नो धारणा राखेका थिए ।
आयोजकले नेपालको पर्यटन विकासका लागि विश्वका विभिन्न देशहरूमा यस्तै कार्यक्रम गर्ने घोषणा गरे । कार्यक्रममा शुभकामना मन्तव्य राख्दै व्यवसायी दुर्गा प्रसाईंले युएईमा अलपत्र रहेका नेपालीहरूका शव र दलालहरूले अलपत्र पारेका नेपालीको उद्धार गरी नेपाल लैजान आफू अभिभावक बन्ने घोषणा गरे । एभिन्युज नेटवर्कका अध्यक्ष भास्करराज राजकर्णिकारले युएईमा नेपाली रेडियो सञ्चालन गर्ने घोषणा गरे । युएईमा नेपालीले गरेका कार्यक्रममध्येकै ठूलो कार्यक्रम भएको आयोजकले दाबी गरेकाे छ ।