उत्पादनमुखी योजना बनाउन मुख्यमन्त्री कार्कीको निर्देशन
२०७९ चैत ६ सोमवार
अष्ट्रेलियामा दिदी-बहिनी समाज भिक्टोरियाले तीज कार्यक्रम सम्पनन गरेको छ । समाजले अष्ट्रेलियाको मेलबर्न शहरमा तीज विशेष कार्यक्रमको आयोजना गरेको थियो । शिक्षा तथा महिला मन्त्री नातालिय हटचिन्सको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा करिब ७०० को उपस्थिति रहेको थियो ।
समाजले नेपालको मध्य पश्चिम क्षेत्रका यौन घरेलु हिंसामा परेका महिलाहरूको सहयोगार्थ तीज कार्यक्रमको आयोजना गरेको हो । मेलबर्नको तीज कार्यक्रमबाट सङ्कलित रकमपठाउने दिदी(बहिनी समाज भिक्टोरियाले जनाएको छ । तीज कार्यक्रम आयोजना गर्नुको मुख्य उद्देश्य भन्नु नै यौन तथा घरेलु हिंसामा परेका महिलाहरूको सहयोगार्थ रकम संकलन गर्नु रहेको छ ।
दिदी-बहिनी समाज भिक्टोरियाले अहिलेसम्म १६,००० डलर पठाइ ११० जनालाई सहयोग गरिसकेको छ । दिदी-बहिनी समाज भिक्टोरियाले प्रदान गर्ने आर्थिक सहयोग छोटो समयको बसाइ, आवश्यक औषधोपचार, कानुनी सुझाव, काउन्सिलिङ, पारिवारिक र सामाजिक मध्यस्थता प्रक्रिया र तालिमको लागि प्रयोग गरिन्छ ।
यो सहयोगका कारण महिलाहरूको बिग्रँदो स्वास्थ्य र जीवनलाई उनीहरूको आत्मविश्वास र क्षमता अभिवृद्धि मार्फत सामान्यीकरण गर्न सहयोग पुर्याएको छ र यसको लागि त्यस क्षेत्रमा क्रियाशील ‘आवाजू संस्थासँग सहकार्य गर्दै आइरहेको छ ।
सांसद कौशल्या भागेला, मोरल्यान्ड सिटी काउन्सिलका मेयर मार्क रिले, एनआरएन भिक्टोरियाका संयोजक हरि खड्काद्वारा समेत मन्तव्य व्यक्त गरिएको उक्त कार्यक्रममा संस्थाका अध्यक्ष डा जमुना पराजुलीद्वारा स्वागत मन्तव्य व्यक्त गरिएको थियो ।