देशभर फैलियो डेंगु, तीन जनाको मृत्यु

२०७९ भदौ २२ बुधवार
Kamal P

काठमाडौं, । डेंगु संक्रमण देशभर फैलिएको छ । हाल नेपालका ७७ मध्ये ७२ जिल्लामा डेंगु संक्रमण फैलिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका अनुसार २०६८ पुसयता हालसम्म देशभर ६ हजार २ सय ७ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

डेंगु संक्रमण बढ्दै गएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको सहकार्यमा उपत्यकामा ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान चलाइएको छ । महाशाखाको पछिल्लो तथ्यांकअनुसार देशभर डेंगुबाट संक्रमित तीन जनाको मृत्यु भएको छ । यद्यपि, स्वास्थ्य मन्त्रालयका अधिकारीले भने ‘ठोस तथ्यांक’ अझै आइनसकेको बताएका छन् ।

नेपालमा पहिलोपटक डेंगु संक्रमण सन् २००४ मा चितवनमा फेला परेको थियो । यसपछि बर्सेनी डेंगुका केस देखिँदै आएको छ । यसपछि सन् २००६ मा ३२ वटा केस देखिएको थियो भने २००७ मा २७, सन् २००८ मा १० जनामा संक्रमण देखिएको छ ।