एसिया कप फाइनल : सन् २०१४ पछि पाकिस्तान र श्रीलंका भिड्दै

२०७९ भदौ २६ आइतवार
Kamal P
Spread the love

काठमाडौ । एसिया कप टी २० क्रिकेटमा पाकिस्तानले आइतबार (आज) राति श्रीलंकाको सामना गर्दै छ।

समूह चरणको अन्तिम खेलमा पराजित भएको पाकिस्तान फाइनलमा बदलासहित आफ्नो तेस्रो उपाधिको लक्ष्यमा रहेको छ। दुबई अन्तरराष्ट्रिय मैदानमा बेलुका ७ः४५ मा शुरु हुने खेलमा ५ पटकको च्याम्पियन श्रीलंका र २ पटकको च्याम्पियन पाकिस्तान ८ वर्षपछि फाइनलमा भिड्न लागेका हुन्। यी दुई टिमबीच एसिया कपमा यो चौथो पटक फाइनल हुन लागेको हो।