बागमती प्रदेशको बैठक सुरु
२०८० असोज १४ आइतवार
काठमाडौ । पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । इन्डियन आयल कर्पोरेशन (आईओसी) ले नेपाल आयल निगम (एनओसी) लाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची अनुसार मूल्य घटेर आएको हो ।
नयाँ मूल्यसूची अनुसार पेट्रोलको भाउ घटेर आएको छ । पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ ५५ पैसाले घटेर आएको निगम स्रोतले बताएको छ ।
डिजेलको भाउ भने प्रतिलिटर ४४ पैसा मात्रै घटेर आएको छ । हाल उपभोक्ताले पेट्रोलको प्रतिलिटर १८१ रुपैयाँ र डिजेलको १७८ रुपैयाँ तिर्नुपर्नेछ ।