एमालेले एक्लै बहुमत ल्याएर इतिहास रच्छ : रघुवीर महासेठ सचिव, नेकपा एमाले

२०७९ असोज २ आइतवार
Newsdesk Shikharnews

सत्ता गठबन्धनले सिट बाँडफाँट गर्न गठन गरेको कार्यदलले काम गर्न नसकिरहेको अवस्थामा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने चुनाव केन्द्रित कार्यक्रम सुरु गरेको छ ।

स्थानीय तह निर्वाचनमा देखिएका कमिकमजोरीलाई सच्याउँदै एकजुट भएर निर्वाचनमा सम्पूर्ण शक्ति लगाउने निर्णय गरेको एमालेको रणनीति आगामी निर्वाचनमा एकल बहुमत ल्याउनु हो । त्यसका लागि एमालेले चुनावी रणनीति नै तय गरिरहेको छ । मुलुकभर गठबन्धन नगर्ने नीति लिएको एमालेले स्थानीय तहमा आवश्यकताका अनुसार चुनावी तालमेल गर्ने नीति लिएको छ ।

त्यसका लागि उनले सत्ता गठबन्धनमा आवद्ध नभएका दलसँग तालमेल गर्ने एमालेको नीति हो । अहिले उसले केही जिल्लाहरुमा राप्रपासँग चुनावी तालमेल गर्ने गरी संवाद अगाडि बढाएको छ । एमाले र राप्रपाबीचको संवाद सकारात्मक रहेको नेताहरुले पनि बताएका छन् । यसै मेसोमा एमाले सचिव रघुवीर महासेठसँग चुनावी विषयमा केन्द्रित रहेर गरेको कुराकानीको संपादित अंश :

चुनावको मिति नजिकिँदै छ, एमाले विरुद्ध सत्ता गठबन्धन चुनावी मैदानमा होमिएको छ । एमालेको तयारी के छ ?

अहिले एमालेले आफ्नो सम्पूर्ण शक्ति निर्वाचनमा लगाउने निर्णय गरेको छ । आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने गरी हामीले तयारी गरिरहेका छौं । एमाले बाहेक यो देशको राष्ट्रियता र स्वाभिमानको बचाउ अरु कुनै पनि दलले गर्न सक्दैनन् भन्ने कुरा नताले बुझेका छन् । त्यसकारण पनि आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याएर इतिहास रच्छ ।

देशमा चुनावी वातावरण बनको छ । सबै पार्टीहरु निर्वाचनको तयारीमा जुटेका छन् । वडा कमिटीदेखि लिएर केन्द्रीय कमिटीसम्म, जे–जे निर्णय गर्नुपर्ने हो, त्यहीअनुसार दलले निर्वाचन प्रक्रिया अघि बढाएका छन् । एमालेले यसपटकको चुनावलाई गम्भीर रुपमा लिएको छ । जुन प्रकारको वातावरण गठबन्धन सरकारले सिर्जना गरिरहेको छ, त्यो देश र जनताको अनुकुल छैन ।

एमाले राष्ट्रवादी पार्टी भएको हुनाले, जनताको आकांक्षालाई कसरी पूरा गर्ने, राष्ट्रियता कसरी बचाउने, बचाउनको लागि आउने चुनावमा सरकार बनाउन जरुरी देखिएकोले हामीले यसपटकको बैठकले एमालेले एक्लै चुनावको तयारी गर्नेगरि अघि बढेका छौं । केन्द्रीय निकायदेखि टोल कमिटीसम्मलाई आवश्यक निर्देशन दिइसकेको छ । यद्यपी हामीले स्थानीय तहमा भने कुनै–कुनै ठाउँमा, स्थानीय नेताले तालमेल गर्न इच्छा जाहेर गरे, पार्टीले त्यसमा बाधा अड्चन गर्दैन ।

एमाले विरुद्ध यत्रो महागठबन्धन बनिरहेको अवस्थामा एमालेले कसरी बहुमत ल्याउँछ ? गठबन्धनका नेताहरु एमालेले २० सिट पनि ल्याउँदैन भनेर भन्दैछन् !

अहिलेको सत्ता गठबन्धन देश र जनताअनुकुल छैन । गठबन्धनमा आवद्ध दललाई आफ्नो दलको मात्रै चिन्ता छ । कुर्सी र सरकार प्यारो भएको छ ? कि जनता प्यारो छ त ? यसो हेर्दा, एकातिर एमाले छ भने अर्कोतिर गठबन्धन, उहाँहरु पाँच दलमात्रै होइन ७ दल एकै ठाउँमा आउने सोच्दै हुनुहुन्छ । तर, यो गठबन्धन लोभी पापीहरु र राष्ट्रघातीहरुको गठबन्धन हो ।

यदि यो राष्ट्रघातीको गबठन्धन होइन भने, राष्ट्रको स्वाभिमानलाई तजोबध गर्नेगरि विदेशी भूमिमा नेपालका भिआईपीहरु, विदेशी प्रतिनिधिलाई राखेर जुन सम्झौता गरेर नेपाल फर्किनुभएको छ । फर्कनेबित्तिकै जुन प्रकारले, जलस्रोततर्फ पश्चिम सेती र सेती ६ परियोजना भारतीयलाई बुझाउने काम गरेको छ । यसले एमालेलाई मात्रै होईन, सबै नेपालीलाई दुःखी तुल्याएको छ ।

गठबन्धनको सरकार बनेपछि देशको सारा जलस्रोत चुनावभन्दा अघि नै यसरी नै सिध्याउने त होइन भन्ने प्रश्न खडा भएको छ । महागठबन्धनका शीर्ष नेताहरुलाई राष्ट्रप्रति चिन्ता छैन । हिजो नेकपाभित्र हुँदाखेरि, त्यो बेलामा उठाइएका इस्यूहरु आज प्रचडहरुले किन छोड्नुभयो ।

आज नागकिरताको कुरा आएको छ, अहिले गठबन्धनले एमालेले ल्याउँदा ठीक र हामीले ल्याउँदा कसरी बेठिक भन्नुभएभको छ । अहिले आएको विधेयक र एमालेले ल्याएको अध्यादेश फरक थियो । यो र हामीले ल्याएको विधेयक एउटै थिएन ।

यो गठबन्धनलाई त विदेशमा समझदारी गरेर फर्किनेबित्तिकै नेपालमा जन्मिएका छोरी, चेलीलाई नागकिरता दिन हतार छैन । तर, भविष्यमा आउने बुहारीलाई नागरिकता दिन हतार छ । त्यो हतार, किन गर्नुपरेको थियो ?

नागरिकता विधेयकमा एमालेले पनि त दोहोरो भूमिका खलिरहेको छ नि । पहिला आफूले ल्याउँदा ठिक, अहिले अर्कोले ल्याउँदा बेठिक हुन्छ ?

नागरिकता विधेयकका सम्बन्धमा छलफल गर्न सकिन्छ । अहिलेपनि केही बिग्रिएको छैन । एउटा राष्ट्रिय सहमति बनाएर गएको भए हुन्थ्यो । उहाँहरुले संसद्को सम्बन्धित समितिमा छलफल नगरी पेश गर्नुभयो, नियतमा शंका देखेका थियौं ।

नागरिकता विधेयकलाई उहाँहरुले यो चुनावमा भोटको लागि प्रयोग गरिरहनुभएको छ । एमालेको विरुद्धमा, प्रयोग गर्नुभएको छ । गठबन्धनलाई भोट देउ, एमालेलाई हराउ योजनाअन्तर्गत यो विधेयक ल्याउनुभएको छ । सम्मानीय राष्ट्रपतिले जुन फर्काएनुभएको छ, यसमा म टिकाटिप्णी गर्न चाहन्नँ ।

तर, जुन प्रकारले उहाँहरुले विदेशीको इशाारमा जे गरिहनुभएको छ, हामीले राष्ट्रिय हितमा छ भनेर देखेका छैनौं । फिजी र सिक्कमीका घट्ना हामीेले हेरेका छौं । माधव र प्रचण्ड त कम्युनिष्ट आन्दोलनका अगुवा नेता हुनुहुन्थ्यो, उहाँहरुलई के बाध्यता आयो, आँखा चिम्लिएर यसबारेमा समर्थन गर्नुभयो ? चनावमा एमालेको विरुद्धमा नगारिकता विधेयक जुन प्रयोग गर्न खोजिरहनुभएको छ, यो गलत हो ।

नागरिकता विधेयकका विषयमा छलफल हुँदै गरोस् तर मंसिर ४ गते भन्दा पहिला जन्मसिद्धका छोराछोरीलाई पहिला नागकिरता दिनुपर्छ । हामी क्याविनेटमा डिशिजन गरौं ।

कुन प्रक्रियाबाट हुन्छ, हामी २०७९ मंसिर ४ गतेभन्दा पहिले, जन्मसिद्धका छोराछोरीलाई नागरिकता प्रदान गरौं । यसमा एमाले मधेश प्रदेश गम्भीर भएको छ । हामी सरकारलाई ज्ञापनपत्र पनि दिन जाँदैछौं । पहलिो चरणमा, विद्येयकमाथि छलफल गर्दै गर्नुहोला, अहिले हाम्रो देशमा जन्मिएका सन्तानलाई नागरिकता दिनुपर्छ ।

आगामी कार्तिकभित्र जन्मसिद्धका छोराछोरीलाई नागरिकता दिनुप¥यो । यदि दिएन भने एमाले मधेश प्रदेशले कडा कदम चाल्छ ।

चुनावको मिति नजिकिँदै गर्दा अझै पनि बाम गठबन्धनको चर्चा हुने गरेको छ । के फेरि प्रचण्ड र माधव नेपालसँग गठबन्धनको संभावना छ ?

अहिले कुनै गठबन्धनको संभावना छैन । उहाँहरु त कांग्रेसको पुच्छर समानेतर बैतर्नी तर्न खोज्दै हुनुहुन्छ । एमाले अहिले पनि मुलुकको पहिलो दल हो र अब पनि पहिलो दल बन्छ । विगतमा एमालेलाई मधेशमा बद्नाम गराइएको भएपनि अहिले मधेशी जनताले सबै कुरा बुझिसकेका छन् ।

अहिले मधेशमा पाँचौ स्थानबाट हामी दोस्रो स्थानमा पुगेका छौं । संघ र प्रदेशमा हामी पहिलो दल बन्छौं । यसपालि हामी इतिहास रच्न गैरहेका छौं, नेकपा एमाले सिंगल लड्छ, एमाले भर्सेस ७ दल हुँदापनि हामी डराएका छैनौं ।

एमाले कमजोर भएको भए, ७ दल एक ठाउँमा किन आउनुपर्दथ्यो त ? विदेशी शक्तिले पनि के बुझेको छ भने अब एमालेलाई हराउन गाह्रो छ, त्यसैले तिमीहरु मिलेर आउ भनेर गठबन्धनलाई भनेको छ, उहाँहरुभित्र गठबन्धन बन्छ ।

किन बन्छ भने ? आफ्नो स्वेच्छाले निर्णय गर्न पाएको भए, त्यो गठबन्धनको अर्को कुरा हुन्थ्यो, तर विदेशी शक्तिले डण्डा दिएर भएपनि एमालेको विरुद्धमा लोभी पापीहरुलई एक ठाउँमा ल्याउँछ । विदेशी शक्तिलाई नेपालमा केही गर्नुछ ।

माधव नेपालको विषयमा तपाईंको के धारणा छ ?

माधव नेपालको बारेमा सोच्दा मलाई दुःख लाग्छ । अहिले माधव नेपालका नेता÷कार्यकर्ता र भएका सांसद पनि छोडेर एमालेमा आउन लागेका छन् । प्रचण्ड र माधव नेपालले कांग्रसलाई छोड्नै सक्दैनन् । किनकी उहाँहरुको टाउकोमा विदेशीको डण्डा छ । देश संकटमा छ ।

राष्ट्रवादी शक्ति एमालेको विरुद्ध, जुन प्रकारले लोभी/पापीहरुको गठबन्धन भएको छ। हामीलाई नेपाली जनतामाथि पूर्ण विश्वास छ ।

केही प्रतिशत मत थपियो भने, बहमुत सरकार बनाउँछौं । यो गठबन्धन सरकार कुनै कारणले बन्न सक्यो भने देशको राष्ट्रियता, स्वाभिमान र आत्मसम्मानमाथि खतरा छ । राष्टियता र विकासको दृष्टिकोणले यो देशको राष्ट्रियता बचाउने दल एमालेबाहेक कुनै दल छैनन् ।