“छोरीले जन्माएका आमाहरू” पुस्तकको अन्तर्राष्ट्रिय लोकार्पण

२०७९ असोज ४ मंगलवार
Kamal P
Spread the love

भर्जिनिया । नेपालबाहिर हाल अमेरिकाका विभिन्न राज्यहरूमा बसोबास गरिरहेका बाह्रजना छोरीद्वारा सिर्जित आमाहरूको जीवनकथा समेटिएको “छोरीले जन्माएका आमाहरू” पुस्तकको हालै अन्तर्राष्ट्रिय लोकार्पण भएको छ ।

जुममार्फत अमेरिकाबाट गत शनिबार सार्वजनिक गरिएको यस पुस्तकले सातजना जीवित र पाँचजना दिवंगत आमाहरूको सत्य–कथा भनेको छ । स्मरणीय छ, यस पुस्तकको सार्वजनीकीकरण करिब एक सातापहिले काठमाडौंबाट पनि गरिएको थियो ।

पुस्तकको अन्तर्राष्ट्रिय सार्वजनिक समारोहमा उपस्थित र पुस्तकका पात्रसमेत रहेकी आमा राधा कँडेल (रमा मिश्र) र जया घिमिरे, कार्यक्रमका वक्तात्रय रजनी ढकाल, महेश पौडेल र केशव ज्ञवाली, अक्षर क्रिएसन्सका डा। अर्चना थापा तथा पुस्तकका परिकल्पनाकार, संयोजक तथा एक लेखक मञ्जु थापाका साथै सम्पादक जयदेव गौतम र सम्पूर्ण लेखकहरूले मुखपृष्ठ प्रदर्शन गर्दै सामूहिक रूपमा पुस्तकको लोकार्पण गरेका थिए ।