पोखरामा दुई सय ९२ जना पथप्रदर्शक थपिए
२०८० असोज १४ आइतवार
काठमाडौ । दशैको मुखमा चामलको मूल्य बढाएको छ । भारतले निर्यातमा कर बढाएपछि नेपाली व्यवसायीहरुले आफूखुशी चामलको भाउ बढाएका हुन् ।
खुद्रा व्यापारीहरुका अनुसार यसअघि १७ सय ५० रुपैयाँमा पाइने २५ किलो जिरा मसिनो चामलको भाउ अहिले प्रतिबोरा १९ सय ५० देखि ठाउँ अनुसार २ हजारसम्म पुगेको छ । जस अनुसार खुद्रा मूल्य प्रतिकिलो ८ रुपैयाँले बढेको छ भने बोरामा २ सय रुपैयाँसम्मले बढेको हो ।
एकैपटक बोरामा २ सयले भाउ बढेको यो नै पहिलो पटक हो । भारतले गत भदौ २३ मा चामल निर्यातमा कर बढाएपछि नेपालमा स्वभाविक रुपमा भाउ बढेको तर्क व्यवसायीहरुले गरेका छन् । तर, कर भारतले कर बढाएपछि चामलको आयात नै भएको छैन । आयात नै नभएपनि कर बढेको भन्दै नेपालका व्यवसायीहरुले आफूखुशी चामलको भाउ बढाएका छन् ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भने दशैँ लक्षित बजार अनुगमनलाई तीव्रता दिने बताएको छ ।