कपनको ट्रेकिङ अफिसमा भीषण आगलागी, एक जनाको मृत्यु

२०७९ असोज ५ बुधवार
Kamal P
Spread the love

काठमाडौं । काठमाडौको बुढानिलकण्ठ नगरपालिका वडा न ११ कपन स्थित राम मन्दिर नजिकै एक घरमा भिषण आगलागी भएको छ । एक ट्रेकिङ अफिस कार्यालय रहेको उक्त घरमा भएको अक्सिजन ग्यासका सिलिण्डर पडकेर ठुलो आवाज निस्किएको थियो । आगलागीमा परि एक जनाको मृत्यु भएको प्रहरीले बताएको छ । घरको दोस्रो तलामा रहेका एक जनाको मृत्यु भएको

बुधबार साँझ लागेको राती नौ बजे नियन्त्रणमा आएको हो । आगो नियन्त्रणका लागि काठमाडौ, ललितपुर र भक्तपुरका दमकल तथा नेपाली सेना शसस्त्र प्रहरी तथा नेपाल प्रहरीको टोलीले आगो नियन्त्रणमा लिएका हुन ।
आगालागीबाट पुरै घरमा क्षती पुगेको छ भने अक्सिजनका सिलिण्डर पड्कदा छेउका घरहरुका झयालका सिसाहरु फुटेका छन । घरको माथिल्लो तलामा रहेकाहरुको उद्दार गरिएको छ ।