भीमफेदीमा बस दुर्घटना हुदा सात जनाको मृत्यु

२०७९ असोज ६ बिहीवार
Kamal P
Spread the love

हेटौँडा । मकवानपुरको भीमफेदीमा बस दुर्घटना हुदा सात जनाको मृत्यु भएको छ । भीमफेदी गाउँपालिका जुरिखेतमा बिहीबार दिउँसो ना। ३ ख ७८५८ नम्बरको बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमा र एक जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

काठमाडौँबाट वीरगंज जाँदै गरेको उक्त बस भीमफेदीको आरालोमा सडकबाट तल खस्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

मृतकको पहिचान खुल्न बाँकी रहेको र घाइतेहरूको हेटौँडामा उपचार भइरहेको जानकारी दिएको प्रहरीले दुर्घटनाको कारण भने खुल्न बाँकी रहेको बताएको छ ।