सिटिजन्स बैंकले ९ प्रतिसत लाभांश दिने

२०७९ असोज ६ बिहीवार
Kamal P

काठमाडौ । सिटिजन्स बैंकले लाभांश प्रस्ताव स्वीकृत गरेको छ । बैंकको आज बसेको ४०३ औं सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट ९ प्रतिशत लाभांश स्वीकृत गरेको हो ।

सञ्चालक समितिको बैठकले प्रस्ताव गरे अनुसार आ।व २०७८–७९ को वितरण योग्य मुनाफाबाट २०७९ आषाढ मसान्तको चुक्ता पुँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार ६ रुपैयाँको ९ प्रतिशतले हुने १ अर्ब २७ करोड ८० लाख ८७ हजार ६६१ नगद लाभांश दिने प्रस्ताव गरिएको छ ।

उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीहरुलाई प्रस्तावित लाभांश वितरण गरिने छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८० वटा शाखा, १३२ वटा ए।टि।एम। र ९६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १४ लाख ७० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।