एनआरएनए कार्यकारी अध्यक्षमा रविना थापा

२०७९ असोज १६ आइतवार
Kamal P

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकारी अध्यक्षको भूमिकामा रविना थापा आएकी छन् । संघको गत मार्च महिनामा सम्पन्न १० औं महाधिवेशनको म्यान्डेट अनुरूप थापाले आइतबार देखि संघको कार्यकारी अध्यक्ष समालेकी हुन् ।

सो महाधिवेशनले बहुपदीय प्रणालीअनुरूप पहिलो ६ महिनाको कार्यकारी भूमिका कुल आचार्यलाई दिएको थियो । संघको शनिबार भर्चुअल माध्यमबाट सम्पन्न पदाधिकारी बैठक बोल्दै आचार्यले महाधिवेशनको म्यान्डेट अनुरूप आफूले थापालाई कार्यकारी पद हस्तान्तरण गरेको जानकारी दिएका थिए ।

बैठकमा बोल्दै कार्यकारी अध्यक्ष थापाले पछिल्लो ६ महिनामा आचार्यले संघको लागि गरेको योगदानको प्रशंसा गरेकी थिइन् । आचार्य अब सङ्घभित्र सेरोमोनियल अध्यक्षको रुपमा कायम रहने छन् भने ६ महिना पछि अर्का अध्यक्ष डा। बद्री केसीले कार्यकारी भूमिका निर्वाह गर्दै संघको अर्को वर्षको अक्टोबरमा हुने ११ औं महाधिवेशनमा औपचारिक रुपमा नेतृत्व हस्तान्तरण गर्ने छन् ।