महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल
२०७९ चैत १० शुक्रवार
आगामी मंसिर ४ गते प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन हुदैछ । निर्वाचनको लागि विभिन्न दलहरुले आफना उम्मेदवार चुनावी मैदानमा उतारेका छन । कतिपयि स्थानमा स्वतन्त्र रुपमा उम्मेदवार बन्नेको संख्या पनि कम छैन । पछिल्लो समय नेपाली राजनीतिमा फोहोरी खेल प्रदर्शन हुन थालेपछि नेपालका राजनीतिक दलप्रति जनतामा बितृष्णा पैदा भएको छ । जसका कारण विभिन्न स्थानमा स्वतन्त्र उम्मेदवार विजयी हुदै गएका छन । यो एउटा राजनीति सुधारको राम्रो अभ्यासका रुपमा लिइएको छ । त्यसका ज्वलन्त उदाहरण १ नम्बर प्रदेशको झापा क्षेत्र न २ प्रदेश ख बाट स्वतन्त्र उम्मेदवार बनेका अनिरुद्र तिम्सिना हुन । उनी लामो समयदेखि कुनै दलसंग जोडिएका छैनन । तर, नेपालको प्रशासनिक काममा देखिएको वेतिथि र जनताले भोगेको दुखलाई नियाल्दै कर्मचारी प्रशासन सुधार गर्न नेपालको राजनीतिमा नै सुधार ल्याउनु पर्छ भन्ने सोच बोकेर तथा नेपालको राजनीतिमा देखिएको बेथिति, योग्यता सामथ्र्य तथा क्षमतावान ब्यक्तिहरुले कहिल्यै पनि मुलधारमा जान नसक्ने र गइहाले पनि झोले, चाकडी, चाप्लुसी गर्नुपर्ने अवस्थाका कारण क्षमता भएका ब्यक्तिहर पर्दा पछाडि नै रहने गरेको दृश्यलाई आमुल परिवर्तनको खोजी गर्दै आफुलाई स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन ।तिम्सिनाले किन दल, कर्मचारी प्रशासन तथा राजनीतिक व्यवस्थाप्रति सन्तुष्ट छैनन, स्वतन्त्रबाट निर्वाचित भएपछि के परिवर्तन गर्ने सोच र नयाँ उहाँका अन्य दलका भन्दा नयाँ एजेण्डा के छन त ? झापा क्षेत्र न २ प्रदेश ख का स्वतन्त्र उम्मेदवार अनिरुद्र तिम्सिनासंग गरिएको कुराकानी ।
तपाइको उम्मेदवारी किन ?
मेरो उम्मेदवारी किन भन्दा प्रादेशिक संरचनाभित्र रहेका संयन्त्रहरुलाई सक्रिय प्रभावकारी बनाउन मेरो उम्मेदवारी हो
स्वतन्त्र उम्मेदवारी नै किन ?
अब विगतका दिनहरुमा मुलधारको राजनीतिमा एउटै झुण्डको हावी भयो । राजनीतिमा कसैबाट परिचालित हुनु पर्ने र कसैबाट निर्देशित हुनुपर्ने आचारण देखिए । नेतृत्वको निर्देशन अथवा परिचालनमा सहीलाई गलत तथा गलतलाई सही भन्नु पर्ने जुन अवस्था छ । नेपाली राजनीतिमा त्यो एउटा संस्कार नै बन्यो । त्यो राजनीतिक कुसस्कार यसबाट टाढा रहन तथा सहि र सटिक कुराहरुलाई सहजै कार्यन्वायन गराउन मैले स्वतन्त्र उम्मेदवारी दिएको हुँ ।
राजनीतिक दलसंग चाही किन असन्तुष्टि हुनु भएको नि ?
म दलीय राजनीतिको विरोधी होइन । तर, दलभित्र जुन प्रकारको कु सस्कार छ जहा सामथ्र्य भएको क्षमता भएको, भिजन भएको र दुरदर्शी पात्रहरुले पनि राजनीतिमा स्थापित हुनका लागि कुनै कसैको झोला बोकेर आफु स्थापित हुनु पर्ने आफनो नेतृत्व लिनु पर्ने, एउटा लामो संघर्ष गर्नु पर्ने जुनप्रकारको वेतिथि छ त्यसैलाई विस्थापित तथा चिर्नको लागि दलगत नभइ स्वतन्त्र उम्मेदवारी छानेको हुँ ।
दलले टिकट नदिएर असन्तुष्ट भइ स्वतन्त्र उम्मेदवारी दिएको हो ?
म असन्तृष्ट भन्दा पनि लामो समयदेखि कुनै दलसंग आवद्ध छैन । म स्वतन्त्र हुँ । कुनै दलले टिकट दिएन भनेर मैले स्वतन्त्र उम्मेदवारी रोजेको होइन । विगतको स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी अभियानको मुख्य अभियान्ता पनि हुँ । मलाई मेरै साथीभाइ, मेरै सहकर्मी मित्रहरुले राजनीतिक दलभित्र रहेर गर्नुपरेको संघर्ष र उनीहरुको सामाथ्र्यले स्थान नपाएको यी सब मेरा आखा अगाडि छर्लङ छ । राजनीतिक दलले टिकट नदिदैमा स्वतन्त्र हुने भन्ने पनि हुदैन । अब विधिगत रुपमा कानुनत कुनै एउटा दलबाट टिकट नलिएको व्यक्ति चाही स्वतन्त्र उम्मेदवार भनेर डिफाइण्ड गरिएको छ । तर, म कुनै दलसंग कतै जोडिएको छैन । दलसंग आफनो विमत्ति राख्ने उम्मेदवार परिन ।
तपाइका चुनावी एजेण्डाहरु के छन ?
मेरा चुनावी एजेण्डालाई मैले पाँच आधार स्तम्भ भनेर बनाएको छु । जुन कृषि सबैभन्दा मुख्य आधार हो । उदाहरण जस्तो १ नम्बर प्रदेशमा हामी मुलत भारतबाट तरकारी सब्जीजन्य पदार्थ आयात हुने गर्दछ । हामी परनिर्भर छौ । सामुदायिक कृषि पसल उचित भण्डारणको व्यवस्था तथा सामुदायिक कृषि पसलको स्थापना गरेर कृषि उत्पादन बृद्धि गरी पाँच बर्षभित्रमा सब्जीजन्य पदार्थ तथा कृषिजन्य पदार्थको आयातलाई शुन्यमा झार्ने भन्ने मेरो पहिलो एजेण्डा हो । दोश्रोमा नेपालका ४ सय १४ वटा हिमालमध्ये १ सय ६० हिमाल चाही हाम्रो प्रदेशमा पर्दछन । ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालमध्ये ११ वटा हिमाल हाम्रै प्रदेशमा छन । विशेषगरी एसियाको दोश्रो अग्लो झरनाचाही हाम्रै प्रदेशमा छ । जसका कारण पर्यटकीय हिसाबले कञ्चनजंगा ट्रेकिङ रुट भनेको नेपालकै सबैभन्दा मनोरम शुन्दर छ । त्यसलाई सहज र ब्यवस्थित पार्दै पूर्वमा रहेका सबै पर्यटकीय स्थललाई प्रवद्र्धन गर्ने प्रमोट गर्ने भन्ने हो । तेश्रो भनेको प्रविधि हो । हामीसंग अनन्त उर्जा छ । माटो अनन्त उर्जा हो । हामीसंग दक्ष जनशक्ति पनि छ । हामीसंग कच्चा पदार्थ छ । प्राकृतिक श्रोत साधनहरु पनि छ । हामीले प्रविधिको विकास गर्न सके उत्पादनको क्षेत्रमा नयाँ आयाम थप्न सक्छौ । त्यसैले १ नम्बर प्रदेशमा एउटा महाविर पुनको इनिसेसनमा सुरु भएको आविस्कार केन्द्रको स्थापना गरेर यस क्षेत्रभित्र सुचारु रहेका तथा नयाँ आउने उद्योग कारखानाहरुको लागि हामिले आपैm प्रविधि विकास गर्ने र उत्पादनमा नयाँ आयाम थप्ने हाम्रो उद्देश्य रहेको छ ।
अर्को प्रदेश १ उत्पादनसंग धेरै सम्भावना भएको प्रदेश हो । अर्को भनेको पर्यवरण हो । हामीले पर्यवरणको संरक्षण गरेनौ भने भोलीका दिनहरु भयाभह हुने सम्भावना छ । त्यसैले पर्यवरण संरक्षण गरेन भने विभिन्न समस्या आउनेछन अहिले जलबायु परिवर्तन विश्वको मुद्धा बनेको छ । यसको नियन्त्रण तथा रोकथामको सुरुवात पर्यवरण संरक्षणबाट प्रदेश १ मा एउटा संयन्त्र तयार पार्ने र यस विषयमा अध्ययन अनुसन्धान गर्ने साथै सन्तुलनका साथै आवश्यक कदम चाल्ने मुख्य उद्देश्य रहने छ । प्रदेश १ मा बोलिने १२३ वटा भाषा कागजमा सिमित छन । आगामी पुस्तामा त्यो लोप हुदै जाने सम्भावना देखिएको छ । जसका लागि भाषा सस्कृति, मौलिक संस्कार जोगाइ राख्नको लागि मौलिक अध्यायनशालाको निर्मार्ण गर्ने सोच बनाएका छौ । साथै गुणस्तरीय शिक्षा र स्वास्थ्य सर्वसाधरण जनताको पहुँचमा पुराउने हाम्रो एजेण्डा रहेको छ ।
चुनावी माहोल कस्तो बन्दै गएको छ ?
जनता एकदमै आजिर छन विगत ३ दशकको राजनीतिक भित्र भोगेको राजनीतिक अस्थिरता त्यसले निम्त्याएको भयाभव स्थितीका कारण जनता आजिर छन । असन्तुष्ट छन । जनता जति विभाजित भएपनि हामी विभिन्न मुद्धामा बाढिए पनि नेतृत्व सधै एकजुट नै भइरहने उनीहरुले आफनौ बर्चश्व नै कायम राखिर।हने भएका कारणले गर्दा जनताहरु स्वतन्त्रहरुको राजनीतिक शुद्धिकरणको अभ्यासलाई सहयोग गर्नुपर्छ भन्ने जनभावना बुझिएको छ । अहिले सरसर्ती हेर्दा अन्य दलहरुका उम्मेदवारहरु भन्दा मेरो माहोल बन्दै गएको महशुस गरेको छु ।