गाइ काटेको आरोपमा गुल्मीबाट चार जना पक्राउ

Vianet

काठमाडौ  । गाइ काटेको आरोपमा गुल्मीमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ। गोप्य सुचनाको आधारमा प्रहरीले मालिका गाउँपालिका वडा नम्वर २ बाट ४ जनालाई पक्राउ गरेको हो ।
गाइ काटदै गरेको भन्ने सुचना प्राप्त भएपछि शुक्रबार पौदी अमराई चौकीको टोली मालिका गाउँपालिका वडा नम्वर २ मा पुगेको थियो । प्रहरीले गाई काट्दै गरेको अवस्थामा २२ वर्षीय रमेश विक, २८ वर्षीय महलाल विक, ६१ वर्षीय टोपबहादुर रसाइली र ३५ वर्षीय तारा विकलाई शुक्रबार राती पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

Vianet

उनीहरुलाई मुलुकी अपराध संहिताको दफा २८९ अनुसार पशुपंक्षी सम्बन्धी कसुरको मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । यस क्षेत्रमा पहिलेदेखि नै गाई काट्ने गरेका घटनाहरु सार्वजनिक हुने गरेका थिए।

taximandu

प्रतिक्रिया

शिखरन्युज प्राइभेट लिमिटेडद्वारा संचालित

सुकेधारा, काठमाडौ, नेपाल
न्युज हटलाईन : 
info.shikharnews@gmail.com
सुचना बिभाग दर्ता नम्बर – ९५/०७३-७४

प्रकाशक/अध्यक्ष : राम बहादुर खत्री