New from Nepal

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार

काठमाडौ । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ । बिबिसी हिन्दीका अनुसार गुजरावालाको अल्लाहवाला चोकमा उनी माथि गोली प्रहार भएको हो। इस्लामावादमा भएको र्यालीमा जान लाग्दा उनी माथि गोली प्रहार भएको हो ।

उनको खुट्टामा गोली लागेको र उनलाई अस्पताल लगिएको पाकिस्तानी संचारमाध्यमहरुले उल्लेख गरेका छन्। गोली लागे पनि खान खतरामुक्त भएको बताईएको छ ।

गोली लागेको समयमा उनी ट्रकमा रहेको र घाटा लगतै प्रहरीले उनलाई बुलेट प्रुफ गाडीमा हालेर सुरक्षित स्थानमा लगेको छ । प्रहरीले गोली चलाएको आरोपमा एक जना युवकलाई पक्राउ गरेको छ । तर गोली उनले नै चलाएको हो या होइन् भन्ने पुष्टि भईनसकेको बिबिसी हिन्दीले उल्लेख गरेको छ । घटनामा खानको पार्टी पीटिआईका एक सांसद सहित थप ४ जना घाइते भएको बताईएको छ ।

खानका समर्थहरुले खानको हत्या प्रयास भएको बताएका छन् । खानले देशमा फेरी चुनावको माग गर्दै सो को पक्षमा माहोल बनाउँन विभिन्न स्थानमा सम्बोधन गर्दै आएका छन् ।

खान पाकिस्तानका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान समेत हुन् । उनले पाकिस्तानलाई क्रिकेट विश्वकप समेत जिताएका थिए । बिबिसीबाट

3 comments
binance

Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.

binance

Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.

Melva

This paragraph will assist the internet viewers for building
up new website or even a blog from start to end. http://old.remain.CO.Kr/bbs/board.php?bo_table=free&wr_id=3307850

Leave a Reply

Your email address will not be published. Required fields are marked *