काठमाडौं । प्रहरीको साइबर ब्यूरोले एक युवकलाई पक्राउ गरेको छ । ब्युरोले नक्कली फेसबुक आईडी बनाएर महिलाको चरित्र हत्या गरेको आरोपमा शुक्रबार प्रहरीले सप्तरीबाट एक युवालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सप्तरीसुरूङगा नगरपालिका वडा १ बस्ने १९ वर्षीय सुमित कुमार थापा रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार थापाले सामाजिक सञ्जाल फेसबुकमा समिरा शर्मा ९बेबी० नामको फेक आइडी बनाएर पीडितको तस्वीरसँगै अपरिचित महिलाहरुको अश्लील तस्वीर, भिडियो पोस्ट गर्नुका साथै धम्कीपूर्ण म्यासेज पठाएर मानसिक यातना दिने गरेको सुचनाका आधारमा प्रहरीले अनुसन्धान गरिरहेको थियो ।
पक्राउ परेका थापाविरुद्ध आइतबार काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पछिल्लो सामाजिक सञ्जालमा फेग आइडी बनाइ अश्लिल तस्वीर प्रकाशन तथा भिडियो प्रकाशन गर्ने गतिविधि बढ्दै गएका छन ।
създаване на профил в binance
Your article helped me a lot, is there any more related content? Thanks!