New from Nepal

बास्केटबल प्रतियोगिता इनोभेटिभ क्वाटरफाइनलमा

काठमाडौं । इनोभेटिभ आठौं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

इनोभेटिभले लोक आदर्शलाई ६(२ ले पराजित गर्‍यो । इनोभेटिभको जितमा पूजा थापाले ४ अंक योगदान गरिन् । गल्र्समै दियाको ४ अंक सहयोगमा न्यु भिजनले जेसेसलाई १६(४ ले हराउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्‍यो ।

जुनियर ब्वाइजमा भ्याली भ्यूले ओसिसलाई ९(२ ले पन्छ्याउदै क्वाटरफाइनल यात्रा तय गर्‍यो । भ्याली भ्यूका रोहित शर्माले ४ अंक जोडे ।

सिनियर ब्वाइजमा पुष्पसदनले जुबिलियन्टलाई २६(१४, आयोजक रेडिअन्ट पब्लिकले रेडिअन्ट रिडर्सलाई ३८(१६, हार्टल्यान्डले हेम्सलाई ३६(२९ र जेनिथले द एक्सेल्सियरलाई ३६(७ ले पाखा लगाउदै प्रिक्वाटरफाइनलमा स्थान बनाए । पुष्पसदनका मिलन कुँवरले १३, रेडिअन्ट पब्लिकका सुवास गौतमले १२, हार्टल्यान्डका प्रशान्त धामीले १५ र जेनिथका सुशिल शाहीले १७ स्कोर गरे ।

(https://musclemx.com/)

Leave a Reply

Your email address will not be published. Required fields are marked *