रवीन्द्र मिश्रलाई १ सय २९ मतले पराजित गर्दै काठमाडौं १ मा प्रकाशमान सिंह निर्वाचित

Vianet

काठमाडौं। काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह निर्वाचित भएका छन्। मंगलबार बिहान सकिएको मतगणनामा निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रलाई १ सय २९ मतान्तरले पराजित गर्दै सिंह निर्वाचित भएका हुन्। सिंहले ७ हजार १४० मत प्राप्त गरेका छन्। मिश्रले ७ हजार ११ मत प्राप्त गरेका छन्।

Vianet

निर्वाचनमा विजयी भएसँगै गर्दै सिंहले काठमाडौं १ का सबै मतदातालाई धन्यवाद दिएका छन्। २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि यसै क्षेत्रमा सिंह र मिश्रबीच प्रतिस्पर्धा भएको थियो। त्यतिबेला ८१८ मतान्तरले सिंहले बाजी मारेका थिए। मिश्र त्यसबेला विवेकशील साझाबाट उम्मेदवार बनेका थिए।

taximandu

प्रतिक्रिया

शिखरन्युज प्राइभेट लिमिटेडद्वारा संचालित

सुकेधारा, काठमाडौ, नेपाल
न्युज हटलाईन : 
info.shikharnews@gmail.com
सुचना बिभाग दर्ता नम्बर – ९५/०७३-७४

प्रकाशक/अध्यक्ष : राम बहादुर खत्री