रास्वपा बैठक : गृहमन्त्रालयको विषयमा निर्णय गर्न प्रधानमन्त्रीलाई २ दिनको समय दिने
२०७९ माघ २० शुक्रवार
दोलखा। स्याङ्जामा प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका गंगा बहादुर कार्कीले अग्रता लिएका छन्। कार्कीले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बालकृष्ण शिवाकोटीलाई १ हजार चार सय ७ मतले पछि पारेका छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म माओवादी केन्द्रका उम्मेदवार कार्कीले २ हजार तीन सय ३९ मत तथा एमालेका शिवाकोटीले ९ सय ३२ मत प्राप्त गरेका छन्।
दोलखामा गएरातिबाट मत गणना सुरु भएको हो। दोलखाको २ वटा गाउँपालिकाको १० वटा मतदान केन्द्रमा हिजो पुनः मतदान भएपछि मतगणना सुरु भएको हो।
दोलखाको १० वटा मतदान केन्द्रमा हिजो भएको निर्वाचनमा ४ हजार २ सय ५७ अर्थात ४९ दशमलब ८ प्रतिशत मत खसेको हो। ८ हजार ५ सय १४ मतदाता रहेका थिए।