New from Nepal

चार्ल्स शोभराजलाई डिपोर्ट गरियो, १० वर्ष नेपाल आउन नपाउने

काठमाडौं । सर्वोच्च अदालतको आदेशानुसार फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई १० वषसम्र्म नेपाल आउन नपाउने गरी आज (शुक्रबार) डिपोर्ट गरिएको छ । अध्यागमन विभागका निमित्त महानिर्देशक प्रदर्शनी कुमारीका अनुसार उनलाई कतार एयरवेजमार्फत फ्रान्स पठाइएको हो ।

सर्वोच्च अदालतको आदेशपछि कैदमुक्त भएका शोभराजलाई आजै केन्द्रीय कारागारबाट रिहा गरिएको थियो । कारागार विभागका सूचना अधिकारी रामचन्द्र शिवाकोटीले केन्द्रीय कारागारबाट उनलाई रिहा गरी आज बिहान अध्यागमन विभागको जिम्मा लगाएको र त्यसपछिका सबै प्रक्रिया अध्यागमनले नै गरेको जानकारी दिए ।

सर्वोच्चको आदेशमा उनलाई १५ दिनभित्रै डिपोर्ट (नेपाल छाड्न) आदेश दिएको थियो । उनीमाथि दुई विदेशी नागरिकको हत्या र नक्कली राहदानी प्रयोग गरेको मुद्दामा दोषी ठहर भई सर्वस्वसहित जन्मकैदको आदेश भएको थियो । उनलाई प्रहरीले विसं २०६० सालमा पक्राउ गरेको थियो ।

(Valium)

Leave a Reply

Your email address will not be published. Required fields are marked *