काठमाडौँ। चलचित्र विकास बोर्डले स्वदेशी तथा विदेशी चलचित्र जाँच (सेन्सर) का लागि सिफारिस लिनका लागि चलचित्रको सार्वजनिक प्रदर्शन हुने मितिभन्दा कम्तिमा सात दिनअगावै दरखास्त पेस गर्नुपर्ने नियमलाई परिमार्जित गर्दै अब चार दिनअगावै दरखास्त पेस गर्नुपर्ने गरी निर्णय गरेको छ ।
साेमबार बसेकाे चलचित्र विकास बोर्डको बैठकले नियमलाई संशोधन गरेको हो । बैठकले राति ११ बजेपछि चलचित्र प्रदर्शन सुरु गरी प्रदर्शन गर्नुपर्दा आवश्यक शान्ति सुरक्षाको व्यवस्था सुनिश्चित हुने गरी प्रदर्शकले चलचित्र प्रदर्शन गर्नुपर्ने र त्यसरी उक्त समयमा चलचित्र प्रदर्शन गर्नुपरेमा प्रदर्शन गर्नुअगावै बोर्डलाई जानकारी गराउनु पर्ने निर्णय भएको छ ।
यसअघि बेलुका ११ बजेसम्म सकिने गरी चलचित्र प्रदर्शन गर्नुपर्ने र त्यसपछि प्रदर्शन गर्नुपरेमा सम्बन्धित् जिल्ला प्रशासन कार्यालयको स्वीकृति लिई चलचित्र विकास बोर्डलाई समेत जानकारी गराउनुपर्ने प्रावधान थियो ।
नेपाल चलचित्र क्षेत्रका समस्याहरुको समाधानका र यस क्षेत्रको हितको लागि विभिन्न संघ-संस्थाहरुसँग वार्ता, छलफल तथा अन्तरक्रियाको लागि चलचित्र विकास बोर्ड सदैव तत्पर रहेको अध्यक्ष भुवन केसीले बताए ।
gate io ekşi
I am a website designer. Recently, I am designing a website template about gate.io. The boss’s requirements are very strange, which makes me very difficult. I have consulted many websites, and later I discovered your blog, which is the style I hope to need. thank you very much. Would you allow me to use your blog style as a reference? thank you!