काठमाडौं। ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष सन् २०२३ सुरु भएको छ। जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सम्वत् सुरुआत भएको भन्ने भनाइ छ।
पोप ग्रेगोरीले जुलियन पात्रोअनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई गे्रगोरियन पात्रोअनुसारको नयाँ वर्ष भनिन्छ।
जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए। विवादकै कारण यो पात्रो रसियाले दुई सय वर्षपछि मात्र प्रचलनमा ल्याएको पूर्व प्रशासक एवं ज्योतिषाचार्य डा खिलानाथ बस्ताकोटी बताउँछन्।
विवाद भए पनि उपनिवेशकालमा विभिन्न स्थानमा यो संवत् प्रचलनमा आएको थियो भने हाल यसको विश्वव्यापी प्रचार छ। केही वर्षअघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी सन् मनाउने गरिएको छ ।
विदेशी पर्यटकको भीडभाड हुने काठमाडौँको ठमेल, बौद्ध, पोखरा, सौराहा, लुम्बिनीलगायत स्थानमा ‘न्यू इयर इभ’का नाममा यो संवत् मनाइन्छ।
नयाँ वर्षमा इसाई धर्मावलम्बीहरुले यशुको सम्झना गर्दै अंगुरको रस र रोटी खाने प्रचलन छ। पर्यटकको भीड भाड हुने नेपालको राजधानी काठमाडौंको ठमेल, बौद्ध, पोखरालगायत स्थानमा ‘न्यू इयर इभ’ का नाममा यो संवत् मनाइन्छ।
binance signup
Your article helped me a lot, is there any more related content? Thanks!