चितवन प्रहरीले भन्यो– रविलाई बयान सकेर हिरासतमै नलगी कास्की लगेका थियौं
२०८१ मंसिर २३ आइतवार
काठमाडौं। नेकपा एकीकृत समाजवादीले तत्काल सरकारमा नजाने जनाएको छ।
सोमबार बसेको पोलिटब्युरो बैठकले तत्काल सरकारमा जान नहुने निष्कर्ष निकालेको हो । तर, सरकारबाट प्रस्ताव आए सोच्न सकिने निष्कर्षमा नेताहरू पुगेको बताइएको छ।
बैठकमा सरकारमा तत्कालै जानुहुँदैन भन्नेहरूको बहुमत रहेको एक पोलिटब्युरो सदस्यले बताए । साँच्चै आवश्यकता महसुस गरेर सरकारमा सहभागी हुन प्रस्ताव गर्नुभयो भने सोच्न बैठकले निष्कर्ष निकालेको छ ।
एकीकृत समाजवादीले शनिबार र आइतबार स्थायी कमिटी सदस्यसँग छलफल गरेको थियो । स्थायी कमिटीका केही सदस्यले सरकारमा जानुपर्ने बताएपनि अधिकांशले सरकारबाट औपचारिक प्रस्ताव नआएर सरकारमा जाने’ छलफल नै गर्न नहुने बताएका थिए ।