नेपाल टी-२० लिग विवादमा

Vianet

काठमाडाैं । काठमाडाैंमा जारी नेपाल टी-२० लिग प्रतियोगिता विवादमा परेकाे छ ।खेलाडीहरुले पारिश्रमिक नपाएकाे र म्याच फिक्सिङ भएकाे चर्चासँगै लिग विवादमा परेकाे हाे । नेपाल क्रिकेट संघ (क्यान) को आयोजना र सेभेन थ्री स्पोर्टस कम्पनीको व्यवस्थापनमा पुस ९ गतेदेखि लिग सुरु भएकाे थियाे ।

Vianet

विवादका कारण मंगलबार विराटनगर सुपर किंग्स र काठमाडौं नाइट्सबीचकाे खेल केही समय राेकिएकाे थियाे । मंगलबार साँझसम्म खेलाडीले पारिश्रमिकपाउने आश्वासनपछि खेल ९ ओभरमा झारेर खेलाइएकाे थियाे ।

खेल सकिनासाथ नेपाली राष्ट्रिय क्रिकेट टाेलीका पूर्व कप्तान तथा जारी लिगमा काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टिमको एक खेलाडीलाई फिक्सिङका लागि प्रस्ताव आएकाे बताए ।

मल्लले मात्र हाेइन क्रिकेट ​कमेन्टेटर सचिन तिमल्सिनाले मंगलबार नेपाल टी-२० लिगमा फिक्सिङ भइरहेको कुरा भिडियाेमार्फत सार्वजनिक गरे । क्रिकेटलाई गलत तरिकाले प्रयोग गरेर फिक्सिङ गराउने क्रियाकलाप भइरहेको आफूले देखेको तिमल्सिनाले भिडियाेमा दाबी गरेका छन् ।गृहमन्त्रालयले साे विषयमा छानबिन गर्न प्रहरीलाई निर्देशन दिइसकेकाे छ ।

taximandu

प्रतिक्रिया

शिखरन्युज प्राइभेट लिमिटेडद्वारा संचालित

सुकेधारा, काठमाडौ, नेपाल
न्युज हटलाईन : 
info.shikharnews@gmail.com
सुचना बिभाग दर्ता नम्बर – ९५/०७३-७४

प्रकाशक/अध्यक्ष : राम बहादुर खत्री