सत्ता सहकर्मी सबै दलको मन्त्रिमण्डलमा प्रतिनिधित्व हुन्छ : मुख्यमन्त्री कार्की

Vianet

काठमाडौँ । प्रदेश नं १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सत्ता सहकर्मी सबै दलको प्रतिनिधित्व हुने गरी मन्त्रिमण्डल निर्माण गर्ने बताउनुभएको छ ।

Vianet

प्रदेश नं १ प्रदेश प्रमुख परशुराम खापुङबाट आइतबार मुख्यमन्त्रीमा नियुक्ति भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले सत्ता सहकर्मी दलहरूबीच छलफल गरी पुस २५ गते दिउँसो मन्त्रिमण्डल सदस्यको शपथ ग्रहण गर्ने जानकारी दिनुभयो ।मुख्यमन्त्री कार्कीले प्रदेश सञ्चालनमा मुख्य प्राथमिकतामा सुशासन रहेको बताउनुभयो ।

वर्तमान सरकार पाँच वर्ष सञ्चालन हुने छ भन्दै उहाँले मुख्यमन्त्रीमा आलोपालो सञ्चालन गर्ने सम्बन्धमा कुनै सम्झौता नभएको प्रष्ट पार्नुभयो । उहाँले सभामुख कसले पाउने सम्बन्धमा आपसी छलफलद्वारा निर्णय गरिने जानकारी दिनुभयो ।

(https://thereader.com/)

taximandu

प्रतिक्रिया

शिखरन्युज प्राइभेट लिमिटेडद्वारा संचालित

सुकेधारा, काठमाडौ, नेपाल
न्युज हटलाईन : 
info.shikharnews@gmail.com
सुचना बिभाग दर्ता नम्बर – ९५/०७३-७४

प्रकाशक/अध्यक्ष : राम बहादुर खत्री