मध्यपूर्व भोट बैंक मात्र होइनः एनआरएनए अध्यक्ष प्रत्यासी आरके शर्मा
२०८० असोज १३ शनिवार
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाएका छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा प्रधानमन्त्रीले राखेकाे विश्वासको मतको पक्षमा बहुमत परेको बैठकको अध्यक्षता गरेका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले घोषणा गरे।
प्रधानमन्त्रीको पक्षमा २६८ परेको छ भने विपक्षमा २ जनाले मतदान गरेका छन्। मतदानमा २७० उपस्थित भएका थिए।
प्रधानमन्त्री दाहाललाई संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, लोसपा, जनमत लगायतका दलले मत दिएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ११ गते नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम दाहाललाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गरेकी थिइन्।
दाहाल यसअघि २०६५ साउनदेखि २०६६ वैशाख २१ गतेसम्म र २०७३ साउन १९ देखि २०७४ जेठ २३ गतेसम्म प्रधानमन्त्री भएका थिए।