चितवन प्रहरीले भन्यो– रविलाई बयान सकेर हिरासतमै नलगी कास्की लगेका थियौं
२०८१ मंसिर २३ आइतवार
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान नेपालका साझा पहिचान भएका उल्लेख गर्नुभएकाे छ ।
थारू समुदायको महान् चाड माघी पर्व तथा मगर समुदाय लगायत अन्य समुदायले मनाउने चाड माघे संक्रान्ति (मकर संक्रान्ति) को अवसरमा आइतबार शुभकामना सन्देश दिँदै उहाँले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिएको सुन्दर देश भएकाे उल्लेख गर्नुभएकाे छ ।
‘अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान हाम्रा साझा पहिचान हुन्, नेपालका प्रत्येक जातजाति र धर्मावलम्बीहरूका आ-आफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक चाडपर्वहरू रहेका छन्,यी चाडपर्वहरूले नयाँ उमंग र उत्साहका साथ एक आपसमा एकता तथा सद्भाव स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएका छन्’-प्रधानमन्त्रीकाे सन्देशमा उल्लेख छ ।
भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा एकै दिन पर्ने र एउटै नामको पर्वलाई पनि भिन्न–भिन्न भेग र समुदायमा भिन्न-भिन्न ढंगले मनाउने प्रचलन समेत रहेको प्रधानमन्त्रीले उल्लेख गर्नुभएकाे छ ।
प्रतिनिधि सभा र प्रदेश सभा चुनावपछि ताजा जनादेशको जगमा वर्तमान सरकार गठन भएको उल्लेख गर्दै उहाँले सामाजिक न्याय, सुशासन र समृद्धिलाई सरकारले प्रमुख लक्ष्य बनाएको सन्देशमा लेख्नुभएकाे छ । प्रतिनिधि सभाबाट अभूतपूर्व विश्वासको मत प्राप्त गरेको वर्तमान सरकार जनताको जीवनमा गुणात्मक परिवर्तन ल्याउने संकल्पका साथ अवस्था बदल्न सरकार दृढ संकल्पित रहेकाे पनि प्रधानमन्त्रीले उल्लेख गर्नुभएकाे छ ।
सम्पूर्ण नेपालीलाई सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा हातेमालो गर्न र यस पर्वलाई राष्ट्रिय एकता, सद्भाव र सहकार्य थप बलियो बनाउने ऐतिहासिक अवसरमा रूपमा मनाउन उहाँले अपिल गर्नुभएकाे छ ।
यस पर्वले सम्पूर्ण नेपालीको बीचमा सहकार्य, हार्दिकता, धार्मिक सहिष्णुता कायम गर्दै राष्ट्रिय एकता र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणमा उर्जा प्रदान गर्ने विश्वास प्रधानमन्त्री प्रचण्डले व्यक्त गर्नुभएकाे छ । यस पर्वबाट सबै नेपालीलाई देशको विकासमा एकताबद्ध हुन प्रेरणा मिलोस् भन्ने शुभकामना पनि उहाँले दिनुभएकाे छ ।
माघ महिनाको १ गते मनाइने यस पर्वलाई थारू समुदायले माघी भनेर मनाउँछन् र नयाँ वर्ष मान्ने गर्छन् । मगर समुदायले पनि यसलाई आफ्नो मुख्य चाडको रूपमा धुमधामका साथ मनाउँछन् । नेपालको समस्त भू-भाग, हिमाल, पहाड र तराईका बसोबास गर्ने क्षेत्री, बाहुन, राई, मगर, लिम्बु, नेवार, गुरुङ आदि सबै जातजातिले यस पर्वलाई आ-आफ्ना परम्परा, भिन्न-भिन्न विशेषता र प्रकृतिले मनाउने गरेका छन् ।
प्रतिकृया दिनुहोस