Shikhar News

News from Nepal

पोखरा दुर्घटना अपडेटः ६६ जनाको शव फेला, संकलित शव आफन्तलाई बुझाउने तयारी

कास्की। पोखरामा दुर्घटना भएको विमानमा सवार ६ जनाको खोजी कार्य अहिले बिहानैदेखि सुरु गरिंदैछ । विमानमा सवार ७२ जना मध्य ६६ जनाको शव भने फेला परिसकेको छ ।

दुर्घटनास्थल अप्ठ्यारो ठाँउमा रहेकाले उद्धार तथा खोजी कार्य हिजो अबेर स्थगित गरिएको थियो । यति एयरलायन्सको एटिआर विमान सेती नदीको अप्ठ्यारो खोँचमा दुर्घटनाग्रस्त भएको हो ।

रातको समयमा उद्धारमा कठिनाई भएका कारण गएराति स्थगित गरी आज बिहानैदेखि उद्धार कार्य सुरु गर्ने तयारी गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए ।

काठमाडौंबाट पोखरा जाँदै गरेको यती एअरलाइन्सको विमान हिजो बिहान पुरानो पोखरा विमानस्थल नजिकैको सेती खोंचमा दुर्घटना भएको हो । प्रत्यक्षदर्शीका अनुसार दुर्घटना हुनुअघि विमान अनियन्त्रित भएको थियो । आकाशबाटै उल्टोपाल्टो हुँदै सेती डिलमा बजारिन पुगेको थियो ।

६८ जना यात्रु र ४ जना चालक दलका सदस्य गरी ७२ जना सवार विमान दुर्घटना भएपछि नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीय बासिन्दाले उद्धार गरेका थिए ।

विमान सेती नदीको गहिरो खोंचमा खसेकाले उद्धार कार्य निकै सकसपूर्ण बनेको थियो । उद्धारमा खटिएका सुरक्षाकर्मीका अनुसार हिजो साँझसम्म ६६ जनाको शव फेला परेको छ भने बाँकी ६ जनाको खोजी कार्य जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *