
काठमाडौं । बाँकेको नेपालगञ्ज विमानस्थलबाट काठमाडौँका लागि उडेको श्री एयरलाइन्सको विमान झापाको चन्द्रगढी विमानस्थलमा अवतरण भएको छ।

आज बिहान ७ बजेर २५ मिनेटमा उडेका श्री एयरलाइन्सको ४४० विमान ९ बजेर ६ मिनेटमा झापाको चन्द्रगढी विमानस्थलमा अवतरण भएको हो।
बिहान काठमाडौँमा भिजिबिलिटी निकै कम भएका कारण अवतरण हुन नसक्दा चन्द्रगढी डाइभर्ट भएको काठमाडौँ विमानस्थलले जनाएको छ ।

