रास्वपा बैठक : गृहमन्त्रालयको विषयमा निर्णय गर्न प्रधानमन्त्रीलाई २ दिनको समय दिने
२०७९ माघ २० शुक्रवार
काठमाडौँ ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरे बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा उहाँहरुबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सभामुख निर्वाचित भएपछि समसामयिक विषयमा छलफल गर्न घिमिरे अहिले बिहान ८ः०० बजे प्रधानमन्त्री निवास बालुवाटार जानुभएको हो ।
उहाँहरू बीचको भेटवार्तामा संसद् सञ्चालन, सरकारले संसद्लाई दिने बिजनेस, प्रतिपक्षी दलको जिम्मेवारी, केही नियमावली संशोधन लगायतका विषयमा छलफल भइरहेको जनाइएको छ ।