रास्वपा बैठक : गृहमन्त्रालयको विषयमा निर्णय गर्न प्रधानमन्त्रीलाई २ दिनको समय दिने
२०७९ माघ २० शुक्रवार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र मुख्यमन्त्री अधिकारीबीच भेटवार्ता भएको हो ।
उहाँहरुबीच गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल भएको बताइएको छ। अधिकारी सत्ता साझेदार दलहरूको समर्थनमा नेकपा एमालेबाट मुख्यमन्त्री हुनुभएको थियो ।
तर, गण्डकीमा मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशमा रहेका १२ वटा मन्त्रालयबाट ७ वटामा झार्ने निर्णय गरेको थियो।