चितवन प्रहरीले भन्यो– रविलाई बयान सकेर हिरासतमै नलगी कास्की लगेका थियौं
२०८१ मंसिर २३ आइतवार
काठमाडौँ । झापाको कचनकवल–४ मा युवक र युवतीको झुण्डिएको अवस्थामा शव फेला परेको छ । एभरेस्ट चिया बगानको रुखमा स्थानीय २५ वर्षीय राजेशकुमार गणेश र १८ वर्षीया पवित्रा राजवंशीको झुण्डिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मंगलबार बिहान उनीहरुको शव फेला परेको र अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । गत साउन पनि कचनकवल– ५ स्थित सुनकोसी चिया बगानमा एउटै रूखमा झुन्डिएको अवस्थामा तीन किशोरी शव फेला परेको थियो ।